अछाम : नेपाल सरकारको स्थाई जागिरे सेवामा रहेका साहित्यकार, निर्माता तथा कलाकार लक्ष्मी प्रसाद शर्माले ‘शम्भो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवान् ‘शिव’ प्रति समर्पित शम्भो एलपी शर्माको ब्यानरमा सार्बवजनिक भएको हो ।
रिदम भिड यूटुब च्यानल मार्फत सार्वजनिक भएको शम्भो बोलको म्युजिक भिडियोमा वर्तमान परिस्थितिमा र मानिसहरू स्वार्थी बन्नुका साथै अधर्म बढ्दै गएको विषयलाई प्रस्तुत गर्न खोजिएको छ ।
भगवान् शिवलाई पुकार्दै समाजमा अधर्म बढ्दै गएको नरहरूमा स्वार्थ हाबी भएको लगायतका विषयवस्तुहरू म्युजिक भिडियोमा समेटिएका छन् ।
नेपालका चार धाममध्येको एक धाम वैद्यनाथ धामलाई केन्द्र बिन्दुमा राखेर छायाङ्कन गरिएको भिडियोमा बुढीगंगा लगायत अछामका विभिन्न ठाउँलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
निर्देशक गौरव गिरिको शब्द सिर्जन र प्रताप दासको स्वरमा सुसज्जित शम्भोमा निर्माता तथा कलाकार लक्ष्मी प्रसाद शर्मा (एल.पी ) मुख्य भूमिकामा रहेका छन् भने अनु परियार,गौरव गिरि,हेमराज कुँवर समर्पण,भद्र जङ्ग कुँवर,रोहित देउवा लगायतले अभिनयमा साथ दिएका छन् ।
सुदूरपश्चिमको छाउ कुप्रथाबारेको म्युजिक भिडियो लिलु बाट चर्चामा आएका निर्माता तथा कलाकार शर्माका थुप्रै म्युजिक भिडियो बजारमा आइसकेका छन् ।
सृष्टिकर्ता भगवान् शिवको प्राथनासंगै वर्तमान धार्मिक तथा सामाजिक परिस्थितिलाई गीतमा समेटिएकाले दर्शक तथा श्रोताबाट माया पाउने निर्माता तथा कलाकार शर्माको अपेक्षा रहेको छ ।
हेर्नुस् भिडियो
प्रतिक्रिया