मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्प खड्काद्धारा अभिनित म्यूजिक भिडियोलाई बिश्व किर्तिमानी ।

पुष्प खड्काद्धारा अभिनित म्यूजिक भिडियोलाई बिश्व किर्तिमानी ।


काठमाण्डौँ : कलाकार नायक पुष्प बहादुर खड्काद्धारा अभिनित म्युजिक भिडियोले बिश्व किर्तिमानी कायम गरेको छ । उनीद्धारा अभिनित तिलिचो ताल नामक म्यूजिक भिडियोले उच्च स्थानमा छायांकन भएको बिश्व किर्तिमानी हासिल गरेको हो ।

म्यूजिक भिडियोमा खड्कालाई श्रद्धा क्षेत्रीले साथ दिएकी छन् । डा. डिआर उपाध्यायको शब्द, भेश प्रसाद श्रेष्ठको संगित र सरद कुमार अधिकारीको स्वर रहेको उक्त भिडियो मनांगको तिलिचो तालमा छायांकन गरिएको हो । तिलिचो ताल बिश्वको अग्लो स्थानमा रहेको ताल हो ।

म्यूजिक भिडियो ५ हजार १ सय ५० मिटर उचाईमा छायांकन गरिएको हो । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच राष्टपति रामचन्द्र पौडेलले बिश्व किर्तिमानी सम्मान प्रदान गरेका हुन् ।

नायक खड्काले १ दर्जन बढी फिल्म र २ हजार बढी भिडियोमा अभिनय गरिरहेका छन् । उनले यसअघि २०७४ मा उत्कृष्ट राष्टिय स्तरको पुरुस्कार संग अन्य बिभिन्न पुरुस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

#puspakhadka #worldrecord #nepalimusicvideo #sudooraaja