मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीमा “ढकारी साहित्य उत्सव तथा कृषि मेला”

ढकारीमा “ढकारी साहित्य उत्सव तथा कृषि मेला”


अछाम जिल्लाको ढकारी गाउँपालिकाले “ढकारी साहित्य उत्सव तथा कृषि मेला” भव्य रुपमा सम्पन्न भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर ढकारी गाउँपालिका वडा नं. ३ मा रहेको बुढासैन खेलमैदानमा प्रख्यात साहित्यकारहरु डा. नवराज लम्साल,विवेक ओझा, सोझो गाउँले, तपेन्द्र घोडासैनी, महेन्द्र अतल, खेम बतास, कमलराज के.सी., मीन बहादुर थापा, हाँस्य व्यङ्ग्यकार जनक साउद, कवि मनोज विवस, जीवन सरोवर, हिमाल उदासी, मीन सरोवर, भिम सरोवर, झनक अधिकारी बारुद, भुपेन अथक, भरत अधिकारी जलन, कुस्मा भट्ट , गिता स्मृति कठायत, महेश दोस्ताज लगायतका श्रष्ठाहरु जमघट सँगै स्थानीय पञ्चेबाजा, भूओ, हुड्केउली, रतेडि, न्याउले खेल लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका थिए ।

ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षता, जिल्ला जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर प्रमुख अतिथि रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नेत्रकला देवी शाही प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा विभिन्न सेसनका रुपमा गाउँका कविता, समाज र साहित्य, केन्द्रीय नेपाली आख्यानमा आञ्चलिकता, काफलसँग कविता , गजल साँझ लगायतका साहित्यिक सेसनहरु प्रस्तुत भएका थिए ।

कार्यक्रममा “किन हुँदैछन् गाउँका घरहरु खाली?” सेसनमा मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहरा, बिनायक पञ्चदेवल नगरपालिकाका मेयर अम्बिका चलाउने र ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद बीच को बहस पत्रकार ध्रुव वि.सीले सहजिकरण गरेका थिए ।

कार्यक्रमलाई भव्य बनाउन ढकारी गाउँपालिका र गैर सरकारी संस्था साहस नेपालको सहकार्यमा स्थानीय कृषि उपजको प्रदर्शनी गरी रैथान कृषि बालीको प्रवर्द्धन गर्न विभिन्न स्टलहरु निर्माण गरिएको कुरा सहास नेपालको परियोजना अधिकृत अस्मिता घिमिरेले जानकारी गराइन् ।

कार्यक्रममा उपस्थित जनसमुदायको नि:शुल्क आँखा परिक्षण, स्वास्थ्य परिक्षण,पुस्तक प्रदर्शनी समेत गरिएको कुरा ढकारी गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सुरत बहादुर बुढाले जानकारी गराएका छन् ।

ढकारी साहित्य उत्सव तथा कृषि मेला कार्यक्रमका सदस्य सचिव नवीन चिरागका अनुसार कार्यक्रमलाई समाजले स्वीकार गरेको र कार्यक्रम आयोजना गर्नुको मुलभुत उद्देश्यहरु पूरा भएका जानकारी गराए ।

उनले भने ” समाज, साहित्य, कला, सेवाप्रवाह, मनोरञ्जन, बुद्धिविलासको संयोजन भएकाले हर तरहका व्यक्तिले हर तरहको मजा लिएको देखियो । कार्यक्रम सफल पार्न सहास नेपाल, ईको हिमाल जस्ता गैर सरकारी संस्था तथा ढकारी व्यावसायी संघ, नेपाल शिक्षक संघ जस्ता संगठनहरुको सहयोग प्राप्त हुनु, कार्यक्रममा जनसहभागिता भव्य रहनु, कार्यक्रम शान्तिपूर्ण, मर्यादित र सभ्य रहनुले पनि जनस्तरले खोजेको कुरा कार्यक्रमले दिएको दाबी गरे ।