मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको रामाराेशन क्षेत्रमा स्थानीय कला संस्कृतिको बृहत् सांस्कृतिक मेला हुने

अछामको रामाराेशन क्षेत्रमा स्थानीय कला संस्कृतिको बृहत् सांस्कृतिक मेला हुने

स्थानीय कला,संस्कृति तथा उत्पादनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य 


 अछाम:  जिल्लाको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रमा वृहत् सांस्कृतिक मेला तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

यही वैशाख ६ र ७ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामको आयोजना तथा रामारोशन गाउँपालिका र रामाराेशन पर्यटन विकासको समन्वयमा आयोजना हुन लागेको मेलामा   स्थानीय उत्पादनका साथै देउडा,न्याउल्या,हुड्केउली,पुतला,भुवाे लगायतका संस्कृति झल्किने प्रस्तुति प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

१२ बण्ड १८ खण्ड तथा अत्यन्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण रामाराेशन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुन लागेको सांस्कृतिक महोत्सवमा थुप्रै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक मेला व्यवस्थापन समिति संयोजक जनक साउँद ( अछामी माग्ने बुढा) ले जानकारी दिए । 

 • कार्यक्रमका मुख्य आकर्षक 

बझाङ कि केशरी बोहरा, अमना रोकाया, रामप्यारी साउँद,कालिकोटका नेत्र राज शाही, भोज राज भाट,गोबिन्द्र बिस्टको  प्रत्यक्ष देउडा खेल।

अन्य कलाकारहरू नरेन्द्र रावल, भरत अधिकारी जलन , पर्वत जैगडी, देवेन्द्र भाट,जनक साउद ,रूपक परियार ,रुद्र बिक,महेन्द्र बिसी,लक्ष्मण मयाल,अविराम बटाला लगायतको बेजाड प्रस्तुति रहने जनाइएको छ । 

 • सांस्कृतिक मेलाको मुख्य उद्देश्य 

१,अछामको पर्यटकीय स्थल रामारोशन क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने । 

२,स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने । 

३,स्थानीय उत्पादनलाई बढुवा तथा प्रोत्साहन गर्ने । 

४,स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक वस्तुहरूको व्यापार प्रवर्द्धनमा सहयोग पुर्‍याउने । 

५, बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर सिर्जना गर्ने । 

६, सुदूरपश्चिमको मौलिक एवं परम्परागत कला, लोक संस्कृति तथा साहित्यको जगेर्ना गर्न सहयोग पुर्‍याउने । 

लगायतका उद्देश्य बोकेर मेला सञ्चालन हुन लागेको लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामका अध्यक्ष जनक साउँदले जानकारी दिएका छन् ।