अछाम : अछाम वाङ्मय प्रतिष्ठानको बैठक जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हिमाल उदाषीको अध्यक्षतमा सम्पन्न बैठकले २० लाख बराबरको अक्षयकोष बनाउने निर्णय गरेको छ ।
अछामको साहित्यका लागि सुरु गरिएको यस अभियानलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको र सबैलाई सहयोग गर्न अध्यक्ष उदासीले अपिल गरेका छन् ।
अछाम जिल्लाको साहित्यमा परिर्वतन गर्न र साहित्यप्रेमीका लागि लेखनलाई हौसल्ला दिन अभियानकै रुपमा अघि बढाईने अध्यक्ष उदाषीले बताए ।
बैठकमा जिल्ला उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया