धर्म र संस्कृति समाजलाई एक आपसमा जोडने महत्वपूर्ण सेतु हुन : सांसद शाह
अछाम: कमल बजार श्रिङ्गारीक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव कमल बजारमा संचालन भएको छ ।
महा महोत्सब को संघिय माननीय पुष्प बहादुर शाहले शुक्रबार उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रतिनिधि सभा माननीय पुष्प बहादुर शाहले धर्म र संस्कारले समाजलाई मज्बुत बनाउदै एकापसमा जोडने महत्व पुर्ण सेतु रहेको बताए ।
समाज र मानव सव्यता सबै धर्ममा नै बाधिएकोले सबैले अर्धर्म भुलेर सत्कर्म र धर्मको मार्गमा लाग्न सबैलाई सांसद शाहले अनुरोध समेत गरे । मानिस धार्मिक भए सामाजिक सभ्यताको प्रतिविम्भ हुदै शान्त समाज निर्माण हुने बताए ।
शृंगारिक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव कार्यक्रममा बोल्दै पुर्व माननीय राम बहादुर विष्टले देशमा हुनु पर्णे कुरा नभएर कुर्कमका काम भैरहेको बताए । भ्रष्ट कुसस्कार मौलाएका कुरा बहिर आइरहेको उनले थपे ।
नेपाली कांग्रेस अछामका नेता बलबहादुर कुवर ,पदमराज अधिकारी नयाँ राम बज्गाई ,रामबहादुर शाही पंचदेवल विनायक नगर पालिकाका निवर्तमान नगर प्रमुख देवराज देवकोटा तुर्माखाँद गाउपालिकाका निवर्तमान अध्यक्ष पुष शर्मा कमलबजार नगर पालिकाका नगर उपप्रमुख शारदा चलाउने कुवर , निवर्तमान उपप्रमुख भुमिसरण बज्गाई अतिथि रहेका थीए ।
नेपाली कांग्रेस अछामका युवा नेता जनक भण्डारी , नेता खेम भण्डारी ,राजेश बोगटी कार्यक्रम मुख्य निर्दशक कासिराम बजगाइ, कमलबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्षे नृप बहादुर बोहरा बमलबजार नगरपालिका प्रसाशन तथा योजना शाखा प्रमुख खडक बहादुर बिष्ट लगायत स्थानीय बजार बासी स्थानीय आयोजक समितिका विभिन्न पदाधिकारी पत्रकार लगायत भक्तजनहरुको ठुलो उपस्थिति रहेको छ ।
आयोजक समितिका अध्यक्ष कृणप्रसाद ढकालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन सुरेन्द्र बहादुर चलाउनेले गरेका थिए ।
सातदिन सम्म संचालनमा हुने महा आरति जागरण सप्ताहका प्रमुख बाचक पंडित जीवन नौपाने शास्त्री ज्युले भागवत वाचन गर्नेछन ।साथै धार्मिक झाकि समेत प्रस्तृत गरिने भएको छ ।
प्रतिक्रिया