अछाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीका अवसरमा देवकोटा बन्धु समाज अछामले महाकवि देवकोटा स्मृती काव्य उत्सव कार्यक्रम आयोजना गरेको छ । देवकोटा बन्धुको उदगम स्थल ढकारी गाँउपालिका वडा नं ८ देवकोटमा उत्सव सम्पन्न भएको हो ।
समाजका अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका सदस्य पुष्प बहादुर शाह रहेका थिए । प्रमुख अतिथी शाहले अछाम साहित्यीक श्रष्टा र सिर्जनाको उर्वर भूमी रहेको बताए । साथैं उनले यहाँको भाषा साहित्य कला संस्कृती जर्गेनाका लागी आफुले सधैं पहल गर्ने प्रतिबदता व्यक्त गरे ।
कार्यक्रमका बिशिष्ट अतिथी ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश बहादुर साँउदले देवकोटमा महाकवी देवकोटाको शालिक निमार्णका लागी गाँउपालिकाले बजेट विनियोज गर्ने बताए ।
कार्यक्रममा कवि कमलराज केसी, पहल असिम थापा, मनोज विवस, लक्ष्मण संगम, गजलकार खेम बगर, नविन चिराग, जिवन सरोवर, झनक अधिकारी बारुद, बिपी अधिकारी भुगोल, लगायत विभिन्न श्रष्टाले कविता बाचन, गजल बाचन गर्नुका साथै गायक राजाराम भाट, खगेन्द्र उपाध्याय र यसोदा देवकोटाले देउडा खेल प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकाँश बत्ताले देवकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण गर्दै देवकोटा बन्धुको उदगम स्थलको विकास गर्न सवै लाग्नुपर्ने सुझाव दिदैं कार्यक्रम आयोजना गरेकोमा आयोजक समाज लाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन समाजका सदस्य कृष्ण देवकोटाले गरेका थिए ।
प्रतिक्रिया