मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिमी र तिम्रो दमकल सुरक्षित रहिरहनु पर्छ

तिमी र तिम्रो दमकल सुरक्षित रहिरहनु पर्छ

तिम्रो दमकलमा पानी सकिएला, आगो निभाउन नपठाउनु


दिर्घराज उपाध्याय

तिम्रो दमकलमा पानी सकिएला,
आगो निभाउन नपठाउनु

तिम्रो दमकलमा पानी सकिएला,
शहर बलिरहोस आगो निभाउन नपठाउनु

शहरमा आगो झोसेर
आफ्ना बाहेक सबैलाई डढाएर
तिमी भईरहनु पर्छ नगरपिता

बरु ढिलो नगरी
बनाई हाल्नु शहिदका नाममा एउटा गेट

स्टन्टबाजहरुकै जयजयकार हुने युगमा
तिमी कसरी अपवाद हुन सक्छौ ?

छेउकै प्रदेश सभा संगै जोडिएको मन्त्रालय दनदनी बलिरह्यो
तिमीले रमिता हेरिरह्यौ शहर खरानी भए के भयो ?

तिम्रो सिंहासन,
तिमी र तिम्रो दमकल सुरक्षित रहिरहनु पर्छ ।