काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारले गरेको लकडाउनका कारण देशभरका विभिन्न जाति एवं समुदायका मानिसहरूलाई आफनो संस्कारअनुसार दाहसंस्कार गर्न समस्या हुन थालेको छ । विभिन्न संस्कार अनुसार दाहसंस्कार गर्ने जातजातिले लकडाउनकै कारण आफ्नो नियमित संस्कार धान्न नसकेको गुनासो गर्ने गरेका हुन् । लकडाउनको समयमा सरकारले अन्तिम संस्कारमा जानेहरूको लागि सहज रुपमा पास वितरण…