काठमाण्डौँ ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।
जात्राअन्तर्गत शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने ठाउँसम्म बनाएर परम्परालाई निरन्तरता दिइएको हो।
विगतमा पनि धेरै पटक अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको जानकारहरु बताउँछन्। रातो मच्छिन्द्रनाथलाई सहकालका देवताको रुपमा लिइन्छ।
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
प्रतिक्रिया