कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ।
सरकारले सामाजिक दूरी कायम राख्न जात्रा, पर्वसमेत भेला भएर नमनाउन भनेकाले रथ उठाउने वा नउठाउने भन्ने विषयमा गुठी संस्थान र आयोजक समिति अन्योलमा छ।
रथयात्राका लागि रातो मच्छिन्द्रनाथको स्नान भने गराइएको छ। यसअनुसार आज (शुक्रबार) देखि रथ बनाउने काम सुरु गर्नुपर्ने हुन्छ ।
लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु भएको जात्रा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिन रथयात्रा गर्ने चलन छ। – nepalsamaya
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
प्रतिक्रिया