कञ्चनपुर- क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो। सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धामीले मृत्युको कारण खुल्न सकेको छैन…