मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा नेपालकाे नयाँ नक्सा समेटिएकाे लोगो प्रचलनमा

संसदमा नेपालकाे नयाँ नक्सा समेटिएकाे लोगो प्रचलनमा


काठमाडौं- संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो। 

परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ।

सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते जारी गरेको थियो।

सरकारले नेपालको नक्सा अद्यावधिक गरेपछि संसद्ले पनि नयाँ नक्साअनुसार लोगो परिवर्तन गरेको हो। सांसदहरूले लगाउने लोगो र रोस्ट्रममा भएको प्रतीक चिह्न पनि नयाँ नक्साअनुसार परिमार्जन गरिएको छ।

निशाना छाप परिवर्तन गर्न भने संविधान संशोधन गर्नुपर्ने हुन्छ। संविधान संशोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गरिसकेको छ।