प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सfलाई औपचारिकता दिन संविधानमा चाँडै संशोधन गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने बताए। ‘यो कुनै चलाखीको हिसाबले, तथाकथित राष्ट्रवाद देखाउन गरिएको होइन,’ उनले भने, ‘त्यो भूमि विवादित भूमि पनि होइन। नेपालको भूमिमा कब्जा…