मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा पनि पुग्यो कोरोना, दैलेखका युवकमा संक्रमण

कर्णालीमा पनि पुग्यो कोरोना, दैलेखका युवकमा संक्रमण


सुर्खेत- कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशमा पनि भित्रिएको छ । नेपालमा भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका हुन्।

दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालाका संयोजक ओम आचार्यले जानकारी दिए।

साेमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।

नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि कोरोना भएको पुष्टि भएको आचार्यले जनाए।  संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए।

नेपालमा पहिलोपटक माघ १० गते कोरोना भाइरस संक्रमित देखिएका थिए। त्यसपछि विभिन्न जिल्लामा संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन।