मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितिको संख्या ३९० पुग्यो

नेपालमा कोरोना संक्रमितिको संख्या ३९० पुग्यो


विराटनगर । प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए ।

अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ ।