काठमाडौँ : वायु प्रदूषणका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश आकाश तुवाँलोले टम्म ढाकेको छ। मधेस र तराईका वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। विज्ञहरू खतरा अझै बढ्न सक्ने बताउँछन्। वातावरण विभागका प्रवक्ता इन्दुविक्रम शाह आफूले यस क्षेत्रमा काम गर्न थालेको ३० वर्षसम्म अहिलेको जस्तो दृश्य नदेखिएको बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो पाँच दिनयता देशका विभिन्न…