काठमाण्डाै - पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो…