मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो चरणको दोस्रो प्राथमिकतामा २ लाख ४० हजार ६० जनाले लगाए खोप

पहिलो चरणको दोस्रो प्राथमिकतामा २ लाख ४० हजार ६० जनाले लगाए खोप

कुन प्रदेशमा कति?


काठमाडौं- नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा  सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।

पहिलो चरणको पहिलो प्राथमिकतामा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका थिए। जसमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बनी प्रदेशमा २८ हजार ९८१, कर्णाली प्रदेशमा ९ हजार ४२० र सुदुरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका थिए।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शव वाहन चालकलाई खोपको प्राथमिकतामा राखेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दिएको जानकारी अनुसार दोसो प्राथमिकतामा सबैभन्दा बढी बागमती प्रदेशमा ८० हजार ९०४ जनाले खोप लगाएका छन्। सबैभन्दा कर्णाली प्रदेशमा कम २२ हजार ६८९ जनाले खोप लगाएका छन्। 

पहिलो चरणको दोसो प्राथमिकतामा परेका निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी,नेपाल प्रहरी, नेपाल आर्मी, बैंकर, निजि संस्थामा कार्यरत कर्मचारी, अदालतहरुमा कार्यरत कर्मचारी, पत्रकार, र अन्य गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका छन्।