काठमाडौं– कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ। सरकारले स्वीकृत गरेका कोभिड अस्पताललाई कोरोना उपचार बापत अनुदान उपलब्ध गराउनेसम्बन्धि आदेश २०७७ बमोजिम कोभिड संक्रमित बिरामीको प्रति बिरामी प्रति दिनका हिसाबले रकम निकासा भएको भन्दै मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो । …