मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैको सातौं दिन : कालरात्रिको आराधना सहित फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल षष्ठी शारदीय नवरात्रोत्सवको सातौं दिन हो। यस दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ। पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रातकी अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनेको…