मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा देशभर ३६३७ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ३६३७ कोरोना संक्रमित थपिए


काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ६३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ३३९ जना र होम आइसोलेसनमा ३१  हजार ५३८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ७५२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९  पुगेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । 

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । 

बुधबार देशभर पाँच हजार ७४३ कोरोना भाइरस संक्रमि थपिएका थिए भने ९९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।