काठमाडौं- मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार काठमाडौं कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार संक्रमण देखिएपछि वृत्तलाई नै सि गरेर…