मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १०२ जनाले जिते कोरोना

नेपालमा थप १०२ जनाले जिते कोरोना


काठमाडौं, २५ जेठ ।  नेपालमा थप १०२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । धरानबाट आज १२ जना डिस्चार्ज भएका छन् । उनीहरु सबैजना झापाका रहेका र कोरोना संक्रमण देखिएको १० दिनमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार कैलाली अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ९ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।त्यस्तै, बलम्बु अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका हुन्।
 

यसैगरी बुटुवलबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका रहेका छन् । उनीहरुकोरोना संक्रमण् देखिएको १३ औं देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।

साथै, दाङमा १० जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु कोरोना संक्रमण भएको १५ देखि २३ दिनमा कोरोना संक्रमण जितेर घर फर्केका छन् । १० जना डिस्चार्ज भएका मध्ये उनीहरु दाङ बाँके र कपिलवस्तुका रहेका छन् ।

त्यस्तै, गौरमा थप १८ जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु संक्मण देखिएको २० औं दिनमा संक्रमण जितेर घर फर्केका हुन् । उनीहरु २० नै जना रौतहटका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।