मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिइएको छ।

मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार अहिलेका प्रवक्ता विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी छोडेर अबदेखि आफुले गुणस्तर मापन महाशाखाको प्रमुखको रुपमा जिम्मेवारी समाल्ने बताएका छन्।

डा. जागेश्वर गौतम विहिबारमात्रै मन्त्रालयमा सरुवा भएका थिए। त्यसअघि उनी परोपकार तथा प्रसुति गृह थापाथलीमा निर्देशकको रुपमा थिए।

परोपकार प्रसुती गृह थापाथलीको निर्देशकको जिम्मेवारी भने डा. संगीता मिश्रालाई दिइएको छ।