मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु


नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालको आईसीयूमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका उनकोे मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ। उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ। शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन।

ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुट र निमोनियाको समस्या समेत रहेकाे बताइएकाे छ।