नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोक्ने विषयमा निर्णय नभएको दाबी गरेका छन् । पार्टी विभाजनपछि अछाम पुगेका रावलले बिहीबार एमाले जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश इन्चार्जका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको तर निर्णय भइनसकेको बताए । ‘अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै…