दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने गरी तयारी थालेको छ। आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरिसकेका छन्। उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए। उनले चुनावमा सिटको तालमेल गरेर जान…