काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथले नेकपा एमाले विखण्डित गर्ने अर्को कदमको थालनी भएको बताएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ जना केन्द्रीय सदस्य थप्नुका साथै विभिन्न जिम्मेवारीहरु हेरफेर गरेपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘अत्यन्तै आश्चर्यजनक, विष्मयकारी र अनौठो समाचार सुन्दैछु मैले। यो सत्य…