सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले धर्मशालामा विद्यालय भवन बनाउने भन्दै चलिरहेको विद्यालय सशस्त्रलाई जिम्मा दियो, विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विद्यालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ । ६ कात्तिकमा…