मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको तापक्रम ६.५ डिग्री, यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौंको तापक्रम ६.५ डिग्री, यस्तो हुनेछ तीन दिनको मौसम


काठमाडौं- बढ्दै गएको चिसोसँगै देशका अधिकांश स्थानको तापक्रम घट्दै गएको छ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसअघि शुक्रबार यो वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड थियो । विगतको वर्षको तुलानामा यस वर्ष चाँडैदेखि चिसो सुरु भएको र तापक्रम पनि घटेको महाशाखाले जनाएको छ । 

जोमसोमको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ भने जुम्लाको तापक्रम माइनस ४.९  डिग्री सेन्टिग्रेडमा झरेको छ । महाशखाका अनुसार आजको मौसम दिउँसोबाट बद्लिने छ ।

अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने मौसमविद्हरुले बताएका छन् ।   पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

मंसिर ८ गते (सोमबार)

दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर ९ गते (मंगलबार)

दिउँसो : प्रदेश ५,  सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।