मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाँउपालिकामा ५ सैया अस्पतालको उद्घाटन्

मेल्लेख गाँउपालिकामा ५ सैया अस्पतालको उद्घाटन्


अछाम । जिल्लाको मेल्लेख गाँउपालिकामा कोभिड १९ अस्पताल निर्माण भएको छ । ५ सैयाको कोभिड १९ अस्पतालको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले गरे ।

अध्यक्ष बोहराले उद्घाटन गर्दै स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानू पर्ने बाध्यता हटेको बताए । कोरोना महामारीको बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब मेल्लेख मै एमबिबिएस डाक्टरद्वरा सेवा दिइने उनले बताए ।

मेल्लेखमा १५ सयौंको अस्पताल प्रारम्भकै क्रममा आज ५ सैया अस्पतालको सुरुवात गरेको उनको भनाई छ ।

गाउपालिका उपाध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा भएको अस्पताल उद्घाटन कार्यक्रममा पालिकाका समाजसेवी, राजनितिक दलका प्रतिनिधी तथा मेल्लेखबासीको सहभागीता रहेको थियो ।