प्रदीप रोदन लागेको थिएन यसरी चासो होला चियो होला।अहो फेरि कसको गलामा पासो कसियो होला। रिसाउँदा छोडेर जाने भए गए हुन्छ भनियो,खुशीमा तिमी बिना मर्छु नि त भनियो होला। तिम्रो तौल बताउँन सक्ने तागत अझै पनि छ,सुनलाई कति महङ्गो चिजले जोखियो होला? गाउँको घरमा रहेछ स्वर्गिय आमाको तस्विर,शहर जाने छोराको झोला के ले भरियो होला।…