मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली चिठी पठाउन मन लागेको छ कसैलाई

खाली चिठी पठाउन मन लागेको छ कसैलाई


पुर्ख्यौली घर,बा-आमाले दिएकै थरनाम भर्नुपर्छ।
सरकार मैले सम्पत्ति विवरणको फाराम भर्नुपर्छ?

प्रिय निराशा भरिन दिनुहुँदैन जिन्दगीको घैँटोमा,
रातभर शीत परेपनि दिनमा फेरि घाम भर्नुपर्छ।

खाली चिठी पठाउन मन लागेको छ कसैलाई,
यत्तिका लागी नि उसैको ठेगानाले खाम भर्नुपर्छ।

सुख्खा पाउरोटी खाएको दृश्यले मार्छ मलाई,
यत्ति खान उसले दिनभर बट्टामा जाम भर्नुपर्छ।

हाम्रो पसिना पठायौँ सुक्यो रगत पठायौँ सुक्यो,
तिमीहरुको नाममा अब के के सरदाम भर्नुपर्छ?

प्रदीप रोदन
गोरखा