कला साहित्य / मनोरञ्जन

‘जोई प्यारी जारीकी’ टिकटकमा भाईरल (भिडियो सहित)

अछाम । कर्णप्रिय स्वरका धनी प्रकाश थापा र लक्ष्मी आचार्यको स्वरमा रहेको देउडा गित जोई प्यारी जारीकी टिकटकमा भाईरल बनेको छ । राजेन्द्र शाही बीपीको लय तथा शब्दमा रहेको उक्त गित यतिबेला टिकटकमा भाईरल बनेको हो ।

सुदूर तथा कर्णाली प्रदेशमा धेरै जसो चर्चामा रहेको देउडा भाकामा रहेको उक्त गितमा समाजको यर्थात बिषय बस्तु समेटिएको छ । गितले समाजको चित्रण गरेको छ । उत्कृष्ट लय, शब्द संकलन तथा संगितको कम्बिनेशन उक्त देउडा गितमा रहेको छ ।

गितमा कलाकार मोडेल लालबहादुर थापा, अछामी बड्डो, रोजी कुवँर र स्वयम लक्ष्मि आचार्यको अभिनय रहेको छ । बिनोद बाजुरेलीले एरेञ्ज गरेको देउडा गितलाई भिम थापाले निर्देशन गरेका छन् ।

बासु बरालको छायाँकनमा खप्तड फिल्मस्ले दृष्य निर्माण गरेको हो । (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जहाँ औषधी त्यहाँ फार्माशिस्ट
भोली रामारोशनको मुजाबगरमा बृहत साँस्कृती कार्यक्रम हुदैँ
कमल सङ्घर्षको गजलसंग्रह खुडी विमोचन
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटो फिचर)