अछाम – नाकमा फुली र बुलाकी । निधारमा रातो टीका, गलामा पोते । पातलो ज्यानमा गुन्यु चोलो । झट्ट हेर्दा ग्रामीण भेगकी एक सुन्दर महिला जस्तै । गाउँले बोलीचाली र स्वर दुरुस्तै महिलाकै जस्तो भए पनि उहाँ पुरुष हुनुहुन्छ । ग्रामीण भेगमा देखाइने सडक नाटकबाट महिलाको भूमिकामा देखिने उहाँ हुनुहुन्छ, अछामका २८ वर्षीय भीमबहादुर विष्ट । अछामको मङ्गलसेन…