मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहीबारदेखि ‘नेपाल आइडल–३’ पुनः सुरु हुँदै

बिहीबारदेखि ‘नेपाल आइडल–३’ पुनः सुरु हुँदै


काठमाडौं । कोरोना संक्रमणको त्राससँगै स्थगित भएको सांगीतिक रियालिटी सो ‘नेपाल आइडल–३’ यही बिहीबारबाट पुनः सुरु हुने भएको छ । ‘नेपाल आइडल–३’ चैत पहिलो साताबाट स्थगित भएको थियो । कोरोनाको त्रास बढेसँगै नेपाल आइडलले चैत १० गते प्रतिस्पर्धीलाई आ–आफ्नै घर पुर्याएको थियो । 

‘नेपाल आइडल–३’ रोकिनुअगाडिको अन्तिम साता उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।  वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

मुस्कान रानाभाट भने परीक्षाको तयारी भन्दै वाइल्ड कार्ड इन्ट्रीमा सहभागी भएकी छैनन् । केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर  र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् ।  

वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् । 

नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फस्र्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट तीनजनाले वल्र्ड टुरको अवसर पाउनेछन् ।