काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। उनको पार्थिव शरीरमा नेपाली सेना र सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरेका थिए। राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि…