काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । पोष्टरमा अभिनेत्री सुरक्षा र नरेनसँगै अर्का अभिनेता विराज विष्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा सुरक्षालाई डोको बोकेकी गाउँले युवतीको लूक्समा देख्न सकिन्छ…