मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’

आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’


शुक्रबारदेखि भोजपुरी फिल्म ‘रण’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरका हल सबै भने पाएको छैन । किनभने केही फिल्म हल यस अगाडि प्रदर्शनमा आएका नेपाली फिल्म ‘चिसो मान्छे’ र ‘कबड्डी ४’ लगायतले अझै ओगटेका छन् ।

‘रण’ मार्फत नेपालका हलमा पहिलो पटक भोजपुरी फिल्मले ठूलो प्रदर्शनको अवसर पाएको हो । काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा रिलिजमा आएको यो फिल्म भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । फिल्म आजैबाट नेपालसँगै भारतको मुम्बई तथा गुजरातमा पनि प्रदर्शनमा आएको निर्माण युनिटले जनाएको छ ।

निर्देशकको अलवा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध रहेको फिल्ममा नेपाली अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र लगायतको अभिनय छ ।  निर्देशक पन्तकै लेखन रहेको फिल्मका निर्माता अरुणकुमार मिश्र हुन् ।