काठमाण्डाै - चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका मालिक…