सर्विन्द रेग्मी हुन त दसैं आउनुभन्दा अगाडि योजना बनिसकेको थियो। तर जाने/ नजाने कुनै टुंगो लागेको थिएन, किनकि सबै जनाको बिदा मिल्नेमा शंका थियो। केही दिन अगाडि मात्र मोडेल ट्रेक जानु भएको साथीहरूको भने जाने लगभग पक्का पक्की नै देखिन्थ्यो। दसैंपछिको मौसम अनि पानीले भने सबैलाई द्विविधामा पारेकोले योजना सफल हुनेमा आशंका पनि नभएको होइन।…