धनगढी । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी (सीमा सुरक्षा पोस्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बीओपी स्थापनाको पहल भएको हो । सशस्त्र प्रहरी बल…