अछाम — बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । शाह सोही गाउँपालिका वडा नं. १ निवासी हुन् । गाउँपालिकाले बिहीबार शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले…