अछाम । अछामको साँफेबगर नगरपालिकामा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई चौरपाटी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भिमबहादुर साउदका अनुसार गाउँकार्यपालिकाको बैठकले आगलागी पीडितलाई तत्काल राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको हो । केही दिनअघि साँफेबगर नगरपालिका ३ हाटबजारस्थित प्रेम खड्काले सञ्चालन गरेको सुभेच्छा मम सेन्टरबाट बिजुलीको तार…