धनगढी: पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी कोरोना परीक्षण भएको तथ्यांक हो। जनस्तरबाट जडान गरिएको डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना भएदेखि सोमबारसम्म १० हजार नमुना परीक्षण गरिएको छ। डडेल्धुरामा ७ पहाडी जिल्लाको नमूना परिक्षण भइरहेको अस्पताल प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले बताए। ‘हामी दिनरात भोकतिर्खा नभनी…