अछामको ढकारी गाउँपालिकाले आर्थिक वर्ष ०८२र८३ का लागि ४३ करोड दुई लाख दुई हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष नेत्रकलादेवी शाहीले चालूतर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय र पुँजीगततर्फ आठ करोड ३९ लाख ३० हजार चार सय गरी जम्मा ४३ करोड दुई लाख दुई हजार रुपैयाँको बजेट…