बयालपाटा, अछाम अछामको बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भवेन्द्र बोहरा सम्मानित भएका छन्। अस्पतालमा हेल्थ असिस्टेन्ट (HA) पदमा कार्यरत बोहरालाई हालसम्म ६५ पटक रक्तदान गरी बिरामीको ज्यान जोगाउन पुर्याएको योगदानको कदर गर्दै अस्पतालले सम्मान गरेको हो। अस्पतालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बोहराको नि:स्वार्थ सेवाभावको प्रशंसा गर्दै उनलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको…