धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या बढ्र्दै गएको छ। प्रहरीसंग बालबालिकादेखि बृद्धसम्मले आत्महत्या गरेको डरलाग्दो तथ्याङक छ। पछिल्लो पाँच वर्षमा प्रदेशका नौँ जिल्लामा दुई हजार ६४५ जनाले देह त्यागेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ६८० जनाले आत्महत्या गरेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनाले झुन्डिएर, १७१ जनाले विष सेवन गरेर, ६…