मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० दिन देखि बेपत्ता तिमिल्सैनाको अवस्था अझै अज्ञात, खोजी कार्यमा सहयोग नपाएको आफन्तको गुनासो

१० दिन देखि बेपत्ता तिमिल्सैनाको अवस्था अझै अज्ञात, खोजी कार्यमा सहयोग नपाएको आफन्तको गुनासो


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का पूर्व क्षेत्रिय सदस्य रेशमराज तिमिल्सैनाको अवस्था अझै अज्ञात रहेको छ । गएको कार्तिक २ गते देखि सम्पर्क बिहिन भएका तिमिल्सैनाको अवस्था १० दिन भईसक्दा पनि अज्ञात रहेको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं. ५ कुईका घर भएका तिमिल्सैना गैरीटाँड बाट सम्पर्क बिहीन भएका थिए । मंगलसेनबाट गैरीटाँड गएका उनी २ दिन गैरीटाँडमै बसेको बुझिए पनि त्यसपछिको अवस्था भने अज्ञात रहेको छ ।

उनले चलाउदै आएको मोटरसाईकल समेत गैरीटाँडमै रहेको पारिवारिक श्रोतले बतायो । ३ दिन सम्म घर नआएपछि उनकी श्रीमती ललिता देवकोटा तिमिल्सैनाले गैरीटाँड प्रहरी चौकीमा जाहेरी दिन खोज्खा प्रहरीले लिन मानेको थिएन् ।

हाल उनको खोजी कार्य भईरहेको भएपनि कुनै पत्ता नलागेको उनका दाजु बेदप्रका तिमिल्सैनाले बताए । नेपाल प्रहरीको सहयोगमा खोजी कार्य जारी छ रेशमका दाजु बेदप्रकाशले भने तर भाईको अवस्था अझै अज्ञात छ ।

तिमिल्सैनाले अघि भने हामी आँशु बोकेर गैरीटाँडमा भाईको खोजीमा दौडिरहँदा पनि पार्टीकै साँसद, केही नेता तथा सरकारी निकायबाटै पनि सोचे जस्तो सहयोग नपाएकोमा दुखी छाँै ।

बिगत द्धन्द्धमा घर लुटिदा, अछामबाट बिस्थापित हुदाँ, तत्कालिन कुइका गाविसका दुई कार्यकालका अध्यक्ष कान्छा बुवा वेपत्ता हुदाँ समेत सहयोग नपाएको भन्दै रेशमका दाजु कांग्रेस अछामका सहसचवि एवंम प्रवक्ता बेदप्रकाशले सुरक्षा पोष्ट नजिकै बाट रहस्यमय तरिकाले भाई बेपत्ता हुदाँ समेत सोच जस्तो सहयोग नपाएको भन्दै दुख व्यक्त गरेका छन् ।

बेपत्ता भएका रेशमराज तिमिल्सैना नवनिर्वाचित क्षेत्रिय प्रतिनिधी र भुवनेश्वर मावी कुईकाका बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष समेत हुन् ।